सांग्रिला र एपोलो इन्डियाबीच सम्झौता

पोखरा, १५ फागुन । काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल इन्डियाबीच सेवा आदानप्रदान बिषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे ।

सम्झौता पछि एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी कर्मचारी र तीनका परिवारले सेबा लिँदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षीय सहमति भएको छ । सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन । सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्नेछ ।

एपोलो हस्पीटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौं स्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधैं समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पिटल वा होटलसम्मको यातायातको सुविधा प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ ।

नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरुले एपोलोबाट सेवा लिइसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।

You might also like

Comments are closed.