सांग्रिला र ब्लुक्रस हस्पिटलबीच सम्झौता, उपचार शुल्कमा सहुलियत

आर्थिक आवाज
पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा.लि.बीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई ब्लुक्रस हस्पिटल प्रा.लि ले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त ब्लुक्रस हस्पिटल प्रा.लि ले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको बताइएको छ ।

You might also like

Comments are closed.