सांसदलाई गाडी सुविधा माग

आर्थिक आवाज

गण्डकी प्रदेश सांसद आशा कोइरालाले सांसदलाई गाडी सुविधा दिन माग गरेकी छन् । संसदमा शुक्रबार बोल्दै उनले प्रदेश सांसदलाई गाडी सुविधा दिन माग गरेकी हुन् ।

‘संसदको बैठक बस्दा दैनिक ७ सय ५० रुपैयाँ गाडी खर्च आउँछ,’ ‘उनले भनिन्, ‘यति पैसा बैठकमा आउँदा जाँदा नै सकिन्छ, जनताको घरदैलोमा कसरी पुग्नु ? ।’ उनले थपिन्, ‘जनताको हरेक सुख, दुःखमा पुग्नुपर्छ, क्षेत्रमा भएका हरेक गतिविधीमा सहभागि हुनुपर्छ, आफ्नो क्षेत्रमा भएका सबै कुराहरु जनप्रतिनिधीको नाताले अपडेट भएर जनतालाई अपडेटपनि हामीले नै गर्नुपर्छ, यी सबै कुरा गर्न खर्चले पुग्दैन, त्यसैले जनताको कामका लागि हामी सांसदलाई पनि गाडी सुविधा चाहिन्छ ।’

आफूले बोलेका कुराको आलोचना हुने भन्दै भीडको पछि लाग्नुभन्दा यथार्थ र आवश्यक्तालाई बुझिदिन उनले आग्रहसमेत गरिन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.