सांसदहरुद्वारा समयसामयीक विषयमा सरकारको ध्यानाकर्षण

पोखरा, २६ फागुन

गण्डकी प्रदेश सभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै प्रदेश सांसदहरुले वर्तमान समयसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शुन्य समयमा बोल्दै सांसद राजिव पहारीले आँधी हुरीका कारण अन्नपूर्ण आधार शिविरका ४ वटा होटल र भञ्ज्याङका २ वटा होटलमा क्षेति पुगेको भन्दै त्यसको पुर्ननिर्माण गर्न सरकारसँग आग्रह गरे । अन्नपूर्ण आधार शिविर विश्वकै उत्कृष्ट गन्तव्य स्थल र पदमार्ग भएकाले त्यहाँको अवस्था सुधार्न नसके त्यसको सन्देश विश्वभर नराम्रो जाने भन्दै तत्काल भत्केका होटल तथा सम्पदाहरुको पुर्ननिर्माणमा ध्यान दिन उनले ध्यानाकर्षण गराए । साथै उनले होटल ध्वस्त हुँदा ३÷४ वर्षका लागि जोहो गरेर राखिएको खाद्यान्नमासमेत क्षेति पुगेको भन्दै क्षेतिपूर्ति दिन माग गरे ।

सांसद पहारीले सरकारी कार्यालय ट्राफिकजस्तो बनेको टिप्पणी गरे । ट्राफिकले बिच रोडमा बसेर सिट्ठी बजाएजस्तै सरकारी कार्यालयले गर्नेगरेको बताउँदै उनले भने,‘सरकारी कार्यालयका कर्मचारीले पनि ट्राफिक प्रहरीले जस्तै हुने कामपनि यता जा र उता भन्दै पठाउने गर्छन्, यसको सुधारका लागि म सरकारको ध्यानाकर्षण गराउँछु ।’

पोखरामा रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा रंगशालालगायत गण्डकी प्रदेशको गौरव रहेको भन्दै ति प्रदेश मातहत ल्याउनुपर्ने बताए । उनले बामपन्थी सरकार आएपछि पोखरामा शान्ति सुरक्षामा सुधार आएपनि अझै सुरक्षित बनाउनका लागि पोखरा आसपासका क्षेत्रमा सिसी क्यामरा जडान गर्नुपर्ने बताए । सांसद पहारीले फेवातालको क्षेत्रफल खुम्चिदै गएको र अबपनि संरक्षणमा चासो नदिए खपाँैदी भन्दापनि यता खुम्चिने भन्दै त्यसको संरक्षणका लागि पहल गर्नुका साथै बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिए । प्याराग्लाईडिङमा मनपरी हुँदा दुर्घट्ना बढेको भन्दै उनले त्यसलाई ब्यबस्थित बनाउनपनि उनले आग्रह गरे । सांसद पहारीले पृथकवादी सिके राउतलाई सरकारले वार्तामा ल्याएर सहमति गरेको विषयलाई आग्रह पूर्वाग्रह राखेर टिप्पणी नगर्न बिपक्षी दलका नेताहरुलाई आग्रह गरे ।

सांसद दीपक कोइराला रुपक’ले शान्तिपूर्ण राजनीतिमा आएको सिके राउतलाई जबरजस्ती विद्रोहमा धकेल्ने काम नगर्न बिपक्षीलाई आग्रह गरे । मूल धारमा आउन चाहनेलाई आउन दिनुपर्ने बताउँदै उनले भने,‘सरकारले बल्ल बल्ल गरेको सहमतिलाई भाँड्न खोजिनु हुँदैन, केहि बुद्धिजिवीले सहमतिको बिरोध गरेर धमिलो पानीमा माछा मार्ने कोशिष गरिरहेका छन्, शान्तिमा आउन चाहनेलाई जबरजस्ती बिद्रोहमा धकेलेर अस्थिरता निम्त्याइनु हुँदैन ।’

सांसद ईन्द्रधारा विष्टले मुस्ताङमा लगातार हिमपात हुँदा सयौंको संख्यामा याक, चौरी गाई, भेंडा, च्याङ्ग्रा मरेको भन्दै पीडित पक्षलाई क्षतिपूर्ति दिन माग गरे । क्षतिको यकिन विवरण बुझेर राहत उपलब्ध गराईनुपर्ने उनको भनाई थियो ।

सांसद मेखलाल श्रेष्ठले वर्तमान केपी ओली सरकारले सुशासन नभई कुशासन गरिरहेको आरोप लगाए । उनले शान्ति सुरक्षा बिग्रिदै गएको, भ्रष्टाचार मौलाउँदै गरेको, वलात्कारीलाई कार्वाही गर्न सरकार असफल भएको, पुँजीगत खर्च गर्न नसकेकोलगायतका आरोप उनको थियो । साथै उनले बिपक्षी दलहरुलाई थाहै नदिई पृथकतावादी सिके राउतसँग सम्झौता गरेर सरकारले मधेशलाई अर्कै देश बनाउने मागमा सहमति जनाएको हो कि भन्ने आशंका उब्जाएको टिप्पणी गरे ।

You might also like

Comments are closed.