सांसद गुरुङद्वारा पत्रकार महासंघ कास्कीलाई प्रेस ज्याकेट हस्तान्तरण

 

पोखरा ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेकीछन् । सांसद गुरुङले महासङ्घको लोगो अङ्कित प्रेस ज्याकेट विहिबार पोखरामा महासंघ कास्कीका अध्यक्ष दीेपेन्द्र श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

सांसद गुरुङले करिब ३८ हजार मुल्य बराबरको ५० थान उक्त ज्याकेट सहयोग गरेकी हुन् । सांसद गुरुङले यस अघि पत्रकारहरुको हकहितको लागि विभिन्न सहयोग गर्दै आएकी छन भने देशको विसम परिस्थितीमा पनि विभिन्न मजदुहरुलाई राहत वितरण गर्दै आएकीछन् ।

यसैबिच, पत्रकार महासंघ कास्कीले फोटो पत्रकार महासङ्घ गण्डकीलाई २० थान प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई उक्त ज्याकेट हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस(कोभिड–१९) को प्रभावका बाबजुत पनि फिल्डमा हिड्ने पत्रकारलाई उनीहरुको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि महासंघले पहिलो चरणमा क्रियाशिल एक जना पत्रकारहरुलाई ज्याकेट लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । महासङ्घमा आवद्ध अन्य पत्रकारलाई केही समय पछि प्रेस ज्याकेट वितरण गरिने महासंघले जनाएको छ ।

त्यसैगरि लकडाउनका कारणले प्रभावित १७ जना पत्रकारहरुलाई महासङ्घले यसअघि पहिलो चरणमा खाद्य सामग्री राहत उपलव्ध गराएको छ । पोखरा महानगरपालिकाले उक्त सहयोग जुटाएको हो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा रहेका क्रियाशिल पत्रकारहरुको पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरेको छ । कास्कीमा करिब ३ सय जना पत्रकार महासंघमा आवद्व छन् ।

You might also like

Comments are closed.