सांसद बरालद्वारा अस्पताललाई गन थर्ममिटर सहयोग

 

दीननाथ बराल

पोखरा ।

गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अपरेटिभ वार्डमा गन थर्ममिटर सहयोग गरेका छन् । इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अपरेटिभ वार्डका (स्टाफ नर्र्स) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले उक्त गन थर्ममिटर सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोना शंक्रमणको जोखिम बढ्दै गएसंगै गन थर्ममिटर विना डिजिटल थर्ममिटर प्रयोग गर्दा बिरामी र उपचारमा संलग्न चिकित्सकलाई जोखिम बढ्ने सम्भावना देखेर त्यसको न्यूनिकरण गर्ने उद्धेश्यले आफुले गन थर्मोमिटर गरेको सांसद बरालले बताए । गन थर्ममिटर विना बिरामीहरुको तापक्रम अन्य थर्म मिटरले लिदा सरुवा रोग सर्ने जोखिम हुने इन्चार्ज ढुंगनाले बताइन् ।

आफ्नो उपचारमा खटिने डा.नरेन्द्र विक्रम गुरुङ, सुरेश पौडेल, सुरेश थापा, विकास थापा, सहितका चिकित्सक सहितको स्वास्थ्यकर्मीलाई सांसद बरालले ः धन्यवाद दिए । सांसद बरालले प्रतिष्ठानमा कोरोनाको डेडिकेट आइसोलेसन अस्पताल र आम जनताको उपचार गर्ने गरी दोहोरो भूमिका निभाउने गरी अस्पताल संचालन गर्न नहुने जनाए । कोरोनाको त्रास बढेकोले एउटा मात्र सेवामा केन्द्रित गर्न सांसद बरालको भनाई थियो । अस्पतालको सेवा राम्रो भएको प्रशंसा गर्दै सांसद बरालले अस्पतालमा सरसफाई, कर्मचारी व्यबस्थापन सहितका धेरै कुरा सुधार गर्नुपर्ने अस्पताल प्रशासनलाई सुझाव दिए ।

यसैबिच, गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले डिष्चार्ज हुनुपुर्व अस्पतालमै पुगेर सांसद बरालको स्वास्थ्य अबस्था बारे बुझ्ेका थिए । आफ्नो दाँतको समस्याले उपचार गर्न अस्पताल पुगेका प्रदेश प्रमुख शेरचन प्रतिष्ठानका उपकुलपति डा.बुद्धि बहादुर थापाको साथमा सांसद बरालको स्वास्थ्य अबस्था बुझ्ेका हुन् । सांसद बरालको शल्यकृया पछि पनि पाचनमा थप समस्या भएसंगै पुनः दुई पटकसम्म प्रतिष्ठानमा भर्ना हुनु परेको उनका छोरा सुजन बरालले बताए । सांसद बरालको जेठ ८ गते शल्यकृया भएको थियो । पहिलो पटक जेठ १३ गते डिष्चार्ज भएको थियो, दोश्रो पटक केही दीनको उपचार पश्चात डिष्चार्ज भयो भने तेश्रो पटक पुनः ५ दिन अघि भर्ना भएका सांसद बराल मंगलबार पुनः डिष्चार्ज भएका हुन् ।

You might also like

Comments are closed.