सांसद बरालद्वारा वृद्धाश्रमलाई सहयोग

पोखरा । सादगी जीवन विताउँदै आएका गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले बृद्धाश्रमलाइ सहयोग गरेका छन् । कास्की क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित प्रदेश सांसद बरालले आफ्नो नाती युनिक बरालको जन्म दिनको अवसरमा पोखरा–१४ बाच्छेबुडुवामा रहेको वात्स्यायन बृद्धाश्रममा नगद १५ हजार सहयोग गरेका हुन् ।

नाती युनिकसहित आमा, श्रीमती र बुहारीको साथमा बृद्धाश्रम पुगेका सांसद बरालले बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष बोधराज कार्कीलाई रकम हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण पछि बोल्दै सांसद बरालले जन्म दिनमा फजुल खर्च गर्नुभन्दा आश्रित बृद्धबृद्धालाई केहि राहत होस् भनेर सहयोग गरेको बताए । पश्चिमा संस्कृतिको प्रभावले जन्म दिन बर्थ–डेमा परिणत भएर फजुल खर्च गर्ने प्रवृत्ति बढेको भन्दै यो समाज र देशका लागि घातक हुनसक्ने भन्दै बेलैमा संस्कृति संरक्षण गर्नुपर्ने उनको भनाई थियो ।

सांसद बरालले सहारा विहिन् बृद्ध बा–आमालाई आश्रय दिएर पून्यको काम गरेको भन्दै त्यसैमा ईटा थप्न आफू आफ्नो नातीको जन्म दिन पारेर बृद्धाश्रम आएको बताए । साथै उनले बृद्धाश्रमलाई पूर्वाधार सम्पन्न बनाउनका लागि भूमिका खेल्ने आश्वासन दिए ।

बृद्धाश्रमका अध्यक्ष कार्कीले बृद्धाश्रममा २० जना बृद्धबृद्धाहरु रहेको र उनीहरुको लालनपालन पोखराका अन्य बृद्धाश्रम भन्दा राम्रो तरिकाले गर्दै आएको दाबी गरे । सो अवसरमा बृद्धाश्रम परिवारले सांसद बरालको परिवारलाई खादा लगाएर स्वागत गरेको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.