सांसद भट्टराईद्वारा कोरोना कोषमा पचास हजार सहयोग

रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा स्यानिटाइजर टनेल सहयोग

पोखरा
पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयोग गरेकी छन् । दिबङ्गत नेता रबिन्द् अधिकारीको ५१ औ जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मान बहादुर जि सि लाई सो सहयोग रकम हस्तान्तरण गरिन् ।

भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताईन् । उनले कोरोना नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्कीबासीलाई आग्रह समेत गरिन् ।

रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

You might also like

Comments are closed.