साइकल संघको अध्यक्षमा भण्डारी, पोखरालाई साइकलमैत्री शहर बनाउनुपर्नेमा जोड

आर्थिक आवाज
पोखरा, ९ भदौ ।

कास्की जिल्ला साइकल संघको दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्ष सुवास सिग्देल, द्वितीय उपाध्यक्ष अशोक चालिसे, सचिव जगन विश्वकर्मा, कोषाध्यक्ष ईन्द गुरुङ छन् ।

सदस्यमा पुष्पकमल पौडेल, हरि थापा, तीर्थराज अवस्थी, कमल नेपाली, जमुना थापा, अब्राहम खान छन् । संघका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतमा भएको उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद दीपक कोइरालाले ७ ताल जोड्ने साइकल ट्रयाक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ‘सबै उमेर समूहमा साइकलले हुने फाइदालाई लिएर जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ,’ उनले भने ।

साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले साइकलको महत्वबारे प्रकाश पार्र्दै आगामी दिनमा सहकार्य गरेर काम गर्ने बताएका थिए । अध्यक्ष दिलीपराज श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साइकल सिटीको अवधारणामा संघले पु¥याएको योगदानलाई जोड्दै श्रेष्ठले कास्की जिल्लालाई साइकलमैत्री पर्यटकीय शहर बनाउन माग गरे । ‘यसको ट्रेल तथा पुर्वाधार निर्माण गर्नुपर्छ,’ उनले भने ।

प्रथम उपाध्यक्ष सुवास सिग्देलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव जगन विश्वकर्माले गरेका थिए ।

You might also like

Comments are closed.