साइनो गाँस्दै ठग्ने राना प्रहरी फन्दामा

सन्देश श्रेष्ठ
पोखरा, ८ माघ । पोखरामा एक महिला साढे २ करोड ठगि गरेको आरोपमा पक्राउ परेकी छन् । बागलुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २६ अर्र्घौंमा बस्दै आएकी ४२ वर्षिया सरिताकुमारी राना ठगीको आरोपमा पक्राउ परेकी हुन् । सर्वसाधारणसँग साइना गाँस्दै विभिन्न प्रलोभन देखाउँदै ठगि गरेको आरोपमा रानालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पोखरा २६ अर्घौंका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनारलगायतले ठगेर फरार रहेको भन्दै रानाबिरुद्ध उजुरी दिएपछि काठमाडौं दरबारमार्गबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार रानाले घर जग्गा खरिद गर्न, जग्गासँग घर तथा घरसँग जग्गा साटिदिने जस्ता विभिन्न प्रलोभनमा पारेर पैसा लिने र पछि नतिर्ने गर्ने गरेकी थिईन् । प्रहरीले आरोपी रानासँग घर र जग्गा नभएपनि फ्ल्याट भाडामा लिएर बस्ने गरेको र उनीसँग काम गर्ने मान्छे तथा प्राइभेट कारपनि रहेको जनाएको छ ।

दीलमाया पुनसहितका पीडित महिलाहरु

पोखरा २६ अर्घौंकी दिलमाया पुनसँग सबैभन्दा बढी १ करोड ७० लाख ८५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । ठगीको उजुरी दिने मध्येकी पुनले आफूसँग पटकपटक गरेर रानाले सो रकम लगेको बताईन् । रानाले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत भन्दै शुरुमा ५०, १ लाख, २ लाख गर्दै १० लाखसम्म लगेर फर्काउने गरेको र विश्वास जितेपछि एकैपटक १ करोड मागेको बताईन् । एक करोड लगेपछि भने घर दिन्छु, जग्गा दिन्छु भन्दै लोभ्याएर थप रकम लगेको भन्दै उनले भनिन्,‘१ करोड लगेको केहि समयपछि फेरी ४० लाख लगिन्, त्यसपछि न ब्याज, न सावाँ फिर्ता, पछि म समस्यामा परेँ, अब ३१ लाख देऊ, त्यो अर्कैलाई बुझाएपछि मेरो फसेको पैसा फिर्ता आउँछ त्यसपछि तिमीलाई सबै रकम फिर्ता दिन्छु भनेर ३० लाख ८५ हजार लगिन् ।’ पैसा लगेपछि राना सम्पर्कमा नआई फरार भएको बताईन् ।

ठगिएका अर्का व्यक्ति अर्घौंकै जीतबहादुर पुनले आफ्नो १० लगेको बताए । कहिले हार्डवेयर पसल छ भन्ने त कहिले कम्पनीको मालिक हुँ भन्दै घर बनाउनका लागि ऋण दिन आग्रह गर्दै पैसा लगेको बताए । उनले पैसा लगेपछि एनआइसी एसिया वैंकको चेक दिने र चेक साट्न जाँदा ३ पटकसम्म बाउन्स भएपछि प्रहरी गुहार्नुपरेको स्पष्ट पारे । ठगीको आरोपमा पक्राउ परेकी रानालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक ग¥यो । पत्रकार सम्मेलनमा आरोपी रानाले आफूले झुठ बोलेर ठगी गर्नेगरेको स्विकारिन् ।

You might also like

Comments are closed.