साउथ इन्डिया र सुदुरपश्चिमको फ्युजन, ‘रणवीर’

पोखरा, ५ माघ ।

नेपाली फिल्म‘रणवीर’को टोलीपोखरा आईपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म‘रणवीर’ यतिबेला प्रचारको दौडमा छ ।

पोखरा आईपुगेको फिल्मको यूनिटले ‘रणवीर’फिल्मदर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पुरै मनोरञ्जन लिनेछन् र हामीले दर्शकको सन्तुष्टिको लागि फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ’ फिल्मका निर्देशक गोबिन्दसिंह भण्डारीले पत्रकार सम्मेलनमा भने ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमा बनेको भनेर चर्चा गरिएको छ । यद्यपी फिल्मका निर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् ।

‘वास्तवमा भन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायक निर्देशक भएर काम गरिसकेको छु, त्यहि स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमा बनाएको हुँ भण्डारीले भने । फिल्मको यो शैलीलाई नेपाली दर्शकले रुचाएको उनले बताए ।

फिल्ममा सुशिल सिटौला मूख्य भुमिकामा देखिएका छन् । उनीसँगै सुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा प्रशान्त ताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागिगज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ ।

फिल्मका निर्माता द्वयदीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले नेपाली फिल्मको स्तरोन्नतीका लागि आफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकता भएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले दिलखोलेर लगानी गरेको र त्यसको प्रतिफल पनि उत्कृष्ट आउने उनीहरुको भनाई थियो ।

फिल्मको ट्रेलरसँगै ‘तिरिमिरी तिरिमिरी तीनतारा’बोलको गीत यति बेला चर्चामा छ ।

You might also like

Comments are closed.