साग गेमलाई लक्षित गरी मंसिर १५ र २४ मा जोर बिजोर प्रणाली

काठमाडौं । मङ्सिर १५ गते नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदका लागि ट्राफिक व्यवस्थापन गर्न जोर–विजोर प्रणाली लागू हुने भएको छ । उक्त खेलको अवसरमा ट्राफिक व्यवस्थापन गर्न मंसिर १५ र २४ गते राजधानी काठमाडौंमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

सागको खेल मङ्सिर १५ देखि २४ सम्म हुने छ । साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए । साग उद्घाटनको दिन १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै चल्ने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन् ।

मालवाहक ठुला सवारी साधनलाई पनि चक्रपथ भित्र प्रवेश नगर्न, हर्नको प्रयोग नगरी ट्राफिक नियमको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

You might also like

Comments are closed.