साग महिला फुटबलमा नेपालको विजयी सुरुआत

पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको महिला फुटबलमा नेपालले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–० अन्तरले पराजित गरेको हो ।

खेल अवधीभर ्श्रीलंकालाई दवाबमा राखेर खेलेको नेपालले जित भने अन्तिम समयमा आत्मसाथ ग¥यो । नेपालका लागि निर्णायक गोल सरु लिम्वुले गरेकी हुन् । उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् ।

यसअघी खेलको १५ औ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्स भित्र पाएको अवसरलाई सदूपयोग गर्न सकिनन् । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८औं मिनेटमा बल टच गरेकी थिइन् ।

नेपाल आक्रामक रुपमा प्रस्तुत भएपछि श्रीलंकाले रक्षात्मक रणनीति अप्नाएको थियो । जसका कारण नेपाली खेलाडीले पटक÷पटक डिबक्स भित्र लगेर गोल गर्न गरेको प्रयास असफल भएको थियो ।

नेपाली टिमकी क्याप्टेन निरु थापाले खेलको ३८ औ मिनेटमा हानेको प्रहारलाई श्रीलंकाका गोलकिपर अयोमी विजेराथनाले सहजै बचाइन् । मंगलबारको खेलमा नेपाली महिला फुटवलकी गोल मेसिन भनेर चिनिने सवित्रा भण्डारीसमेत चल्न सकिनन् । यद्वपी उनको खेल भने प्रशंसा योग्य थियो । उनलाई श्रीलंकाली खेलाडीले मार्क गरेका कारण दवाबमा परेकी थिइन् ।

हारपछि प्रतिक्रिया दिदै श्रीलंका महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालसँगको खेल हारेपनि सन्तुष्ट रहेको बताइन् । उनले नेपालसँगको खेलमा आफ्नो खेलाडीले सन्तोषजनक नै प्रदर्शन गरेको बताइन् ।

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले मंगलबारको खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । विपक्षीको डिफेन्सिभ राम्रो हुँदा जितका लागि अन्तिम समयसम्म कुर्नुपरेको उनले प्रतिक्रिया दिए ।

‘हामीले अट्याकिङ खेलेका थियौं । तर, श्रीलंकाले डिफेन्सिभ खेलेकाले जितका लागि अन्तिम समय कुर्नु परेको हो,’ प्रशिक्षक खड्काले भने, ‘तर, आजको समग्र खेललाई हर्ने हो भने हाम्रो खेल उत्कृष्ट थियो ।’

You might also like

Comments are closed.