साढे १४ लाखको लागतमा मादी ७ पानीघाटमा बहुउद्देश्यीय भवन

पोखरा ७ चैत्र

कास्कीको मादी गाउँपालिका वडा नं. ७ पानीघाटमा नवर्निमित बुहद्देश्यीय भवनको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले जनताको भावना, चाहना र आवश्यकता तथा समस्यको पहिचान गरि विकासको कामलाई अघि बढाएको बताए ।

अब युवाहरुलाई विदेश जाउँजाउँ हुने नभई स्वदेश आउँआउँ लाग्ने बनाउने भन्दै युवा स्वरोजगारको लागि कृषिमा अमुल परिवर्तन गर्न जरुरी रहेको बताए । साथै उनले एक गाउँ एक सहकारी र एक वडा एक कृषि सहकारी हुन आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश सांसद गायत्री गुरुङले हामी जहाँ जता गएपनि आफनो गाउँ ठाउँको विकास आफै गरेमा यसले गाउँको मात्र नभई प्रदेशकै विकासमा सहयोग पुग्ने बताईन् । प्रदेश सांसद मनबहादुर गुरुङले विकसित देशहरुले विकासमा जति चमत्कारिता देखाएता पनि बुद्ध जन्माउन र सगरमाथा बनाउन नसकेको भन्दै नेपाल प्रकृतिक रुपमै भरिपूर्ण देश भएको भन्दै यसको सहि सदुपयोग गर्न सके देश समृद्धि तर्फ अघि बढ्ने बताए । अहिले जनताको चाहना सरगमाथा भन्दा अग्लो भएकोले तुरुन्तै देखिने प्रतिफल नेता वा सरकारबाट पाउन नसकेको भन्दै आगामी पाँचवर्षसम्म देखिने काम हुने र आफूले चुनाव ताका जनतासँग गरेको प्रतिबद्धता पुरा गरेरै छाडने उनको भनाई छ ।

मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले पानीघाटबासीको आर्थिक सहयोगमा सुन्दर भवन निर्माण भएको भन्दै गाउँपालिकाको तर्फबाट पनि थोरै भएपनि आर्थिक सहयोग गर्नपाउँदा आफूहरुलाई गर्व लागेको बताए ।मादी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले पोखराबाट नजिकै रहेको पानीघाटमा विकासको धेरै संभावनाहरु रहेको बताउनुभयो । अब पोखराबाट पानीघाटसम्मको बाटो पिच गर्न र ढाँडबेसी खोलामा तोकिएकै समयमा पुल निर्माणको कार्य सम्पन्न गर्न पहल गर्न प्रमुख अतिथि लगायत प्रदेश सांसदहरुलाई आग्रह गरे ।

कार्यक्रममा युवा नेताहरु बलकृष्ण गुरुङ, शेरबहादुर गुरुङ, जनकल्याण तमू समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।
भवन निर्माण समितिका अध्यक्ष हर्कजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव मिना गुरुङले गरेकी थिईन् । यस्तै भवन निर्माण समितिका उपाध्यक्ष होमबहादुर गुरुङले स्वागत गरेका थिए ।

यसैबीच भवन निर्माण समितिका आर्थिक संयोजक लिलबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणको लागि १५ लाख १५ हजार ८ सय ५५ रुपैंया संकलन भएको र १४ लाख ५० हजार ५ सय ५ रुपैंया खर्च भएको बताए ।

You might also like

Comments are closed.