साढे ३४ हजार सहकारी, साढे ६३ लाख सहकारी सदस्य

आर्थिक आवाज
पोखरा, १७ माघ । नेपालमा साढे ३४ हजार सहकारी रहको तथ्यांक सार्वजनिक भएको छ । सरकारका पूर्व सहसचिव सुर्दशन ढकालले सहकारी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ३४ हजार ५ सय १२ वटा सहकारी रहेको तथ्यांक प्रस्तुत गरेका हुन् ।

पोखरामा आयोजित एक कार्यक्रममा उनले उक्त संख्याको सहकारीमा ६३ लाख ५ हजार ५ सय ८१ जना सहकारी सदस्य रहेको बताए । सो संख्या मध्ये ३२ लाख १३ हजार ५ सय १४ जना महिला शेयर सदस्य रहेको उनले दाबी गरे । ढकालका अनुसार सहकारीमा हाल २७ खर्ब ३७ अर्ब १० करोड ४३ लाख ९० हजार ऋण लगानी भएको छ ।

You might also like

Comments are closed.