साढे ५६ करोडको बजेट ल्यायो माछापुच्छ्रेले, माछापुच्छ्रे आरोहण खुलाउने प्रस्ताव दोहोरियो

सन्देश श्रेष्ठ
पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको पाचौं गाउँसभामा बिहीबार उपाध्यक्ष कुष्णकुमारी पौडेल दवाडीले ५६ करोड ६१ लाख ४६ हजार ४ सय ६५ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको तुलनामा १० करोड ८३ लाख ४६ हजारले बढी हो ।

अनुमानित बजेट मध्ये आन्तरिक आय स्रोतबाट २ करोड ११ लाख उठाउने लक्ष्य राखिएको छ । संघीय सरकारको वित्तीय समानीकरण तर्फ ९ करोड ३१ लाख, संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ करोड ७७ लाख, संघीय सरकारको सशर्त अनुदान १९ करोड ४ लाख, सामाजिक सुरक्षातर्फ १० करोड ९० लाख प्राप्त हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरण १ करोड १९ लाख ४३ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २९ लाख ७३ हजार रहेको छ । गाउँपालिकाले ४ करोड ९९ लाख ३० हजार ४ सय ६५ को घाटा बजेट ल्याएको र सो रकम चालु आर्थिक वर्ष २०७५÷७६ को मौज्दात रकमबाट पूर्ति गरिने उल्लेख छ ।

गाउँपालिकाले चालु खर्च तर्फ ८ करोड २२ लाख ९१ हजार ७६ रुपैया, सशर्तमा ३८ करोड १६ लाख ९१ हजार ४ सय ६५ विनियोजन गरेको छ । गाउँपालिकाको चालु खर्च बजेटको ६७.४२ प्रतिशत रहेको छ । गाउँपालिकाले पुँजीगत खर्चतर्फ १८ करोड ४४ लाख ५५ हजार विनियोजन अर्थात कुल बजेटको ३२.५८ प्रतिशत राखेको छ ।

माछापुच्छ्रे गाउँपालिकाले चालु आर्थिक वर्षमा पुँजीगत खर्र्च ७३.५ प्रतिशत हुने संसोधित अनुमान गरेको छ । गाउँपालिकाले पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पूर्वाधार निर्माणका लागि १२६ योजना छनौट गर्दै त्यसका लागि १२ करोड ८० लाख ४९ हजार ४ सय ७९ रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार निर्माणमा सडक निर्माण, मर्मत सम्भारदेखि सिंचाई, एक घर एक धारा खानेपानी योजना, गाउँपालिका भवन, वडा कार्यालय भवनदेखि आमा समूहको भवन निर्माणसम्म, खेलकुद मैदानदेखि विद्यालय कक्षा कोठा भवनसम्मलाई समेटिएको छ ।

गाउँपालिकाले एकीकृत सम्पती कर उठाउनेलाई जोडबल गरेको छ । त्यस्तै, घरबहाल कर, व्यवसाय कर, जडिबुटी, कवाडी र जीवजन्तु कर, विज्ञापन कर, मनोरञ्जन करपनि उठाउने तयारी गरेको छ । यद्वपी कुनै व्यक्ति वा संस्थालाई गाउँपालिकाको बोर्ड बैठकले निर्णय गरेर कर छुट दिनसक्ने जनाइएको छ ।

गाउँपालिकाले व्यक्तिको मृत्यू भएको सनाखतको सिफारिसमा २ सय, सर्जमिन, मुचुल्का तयार गर्न ३ सय, जन्म, विवाह, मृत्यू सम्बन्धी सिफारिसमा २ सय, अविवाहित प्रमाणित गर्न नेपालीमा सिफारिस गर्दा ५ सय र अंग्रेजीमा सिफारिस गर्न ७ सय, घर पालुवा कुकुर दर्ता र नवीकरणमा २० रुपैयाँ, भरुवा बन्दुक नवीकरका लागि जिल्लाभरका लागि १ सय र देशभरका लागि २ सय दस्तुर शुल्क तोकेको छ । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट बुधबारै सर्वसम्मत पारित भएको छ ।

माछापुच्छ्रे हिमाल आरोहण खुलाउने प्रस्ताव दोहोरियो

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माछापुच्छ«े हिमाल आरोहण खुलाउने प्रयासलाई जारी राख्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाको पाचौं गाउँसभामा विहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुलाउने प्रयासलाई जारी राख्ने उल्लेख गरेका हुन् । यसअघी अघिल्लो वर्षको नीति तथा कार्यक्रममा पनि यो प्रस्ताव समावेश थियो । गाउँपालिकाले सिफारिस गरेर पठाएपनि संघ सरकारले प्रस्तावप्रति कुनै सुनुवाई गरेको छैन । गाउँपालिकाले संघ र प्रदेश सरकारसँगको सहकार्यमा माछापुच्छ«े हिमाल आरोहण खुलाउने कार्यलाई सार्थक निश्कर्षमा पु¥याउने जनाएको छ ।

माछापुच्छ्रे हिमाल आरोहण खुलाउने प्रयासलाई गाउँपालिकाले दोहो¥याएपनि सर्वसाधारण भने यो प्रस्तावमा विभाजित छन् । पर्यटन प्रवद्र्धन गर्न नया प्रोडक्ट थपिने र यसबाट स्थानियले प्रत्यक्ष फाइदा पुग्ने गाउँपालिकाको दाबीमा अधिकांश स्थानिय र जनजातिहरु सहमत छन् । तर पर्यटन विज्ञ तथा संस्कृतिकर्मीहरु भने कुमारी हिमाल माछापुच्छ«ेमा आरोहण खुलाउन नहुने बताउँछन् । माछापुच्छ्रेमा आरोहण खुलाउँदा त्यसको ऐतिहासिकता र कुमारित्व गुम्दा पर्यटकको आकर्षण कम हुने र आरोहणको कारणले माछापुच्छ्रेको स्वरुप बिग्रने उनीहरुको तर्क छ ।

पर्यटनलाई विशेष महत्व दिएर ल्याइएको नीति तथा कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकामा पर्ने हिमालहरुमा पर्वतारोहणका लागि आधार शिविर तयार गर्न र त्यहाँसम्मको पहुँच पु¥याउनका लागि बिस्तृत परियोजना प्रतिवदेन (डिपीआर) तयार गर्ने उल्लेख छ । त्यस्तै गाउँपालिकाले हिमाली क्षेत्रमा पर्वतारोहण तालिम केन्द्र स्थापना तथा साहसिक पर्यटकीय खेल क्षेत्रको विकासको सम्भाव्यता अध्ययनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

You might also like

Comments are closed.