साधारण सदस्यले पनि गर्व गर्ने संघ बनाउँछौं : प्रजू

पोखरा, ४ असोज ।

पोखरा उद्योग वाणिज्य संघका साधारण सदस्यहरुले संघको सदस्यता पाएकोमा गर्व गर्ने संघ बनाउने प्रजू प्यानलको तर्फबाट अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले उद्घोष गरेका छन् । प्रजू प्यानलले विहीबार निकालेको व्यवसायिक ऐक्यवद्धता ¥यालीपछि चिप्लेढुंगामा गरिएको कोण सभामा बोल्दै प्रजूले यो उद्घोष गरेका हुन् । न्यूरोडबाट निस्किएको ¥याली चिप्लेढुंगा, सिद्धार्थ चोक, गैरापाटन, पोखरा उद्योग वाणिज्य संघको कार्यालय, पालिखेचोक, महेन्द्रपुल हुँदै चिप्लेढुंगामा पुगेर सकिएको थियो । ¥यालीमा पोखराका विभिन्न क्षेत्रका उद्योगी व्यवसायी मतदाताहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उमेद्वार प्रजूले असोज ६ गते साँझ विजयको माला लगाउने र भोलिपल्ट देखि नै संघ र व्यवसायीको हित हुने गरी काम शुरु गर्ने बताए । ३ तहका सरकारसँग समन्वय र सहकार्य गरी पोखरामा समग्र व्यवासायीक विकास गर्न, विभिन्न नाममा रहेको व्यापार, वाणिज्य, उद्योग ंसंघहरुबाट पोखरा उद्योग वाणिज्य संघलाई कमजोर बनाउन गरिरहेको प्रयासलाई परास्त गर्न पनि आफ्नो प्यानल लाग्ने उनले बताएका छन् । त्यसैगरी व्यवसायीहरुले भोग्नुपरेको समस्या र चुनौति जस्तैः कर प्रणाली, बैंकको कार्य प्रणाली, व्यवसाय दर्ता र खारेजी प्रकृयालाई सहज बनाउने काम अगाडी बढाउने प्रतिवद्धता पनि प्रजू प्यानलले व्यक्त गरेको छ ।

You might also like

Comments are closed.