सानिमा बैंकले ल्यायो थ्रि ईन वान एकाउण्ट सेवा

आर्थिक आवाज
पोखरा, २६ मंसिर । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रुपमा सानिमा थ्रि ईन वान एकाउण्ट सेवा शुरु गरेका छन् । यो सेकेण्डरी शेयर मार्केटबाट ईन्टरनेट बैकिङ मार्फत शेयर खरिद बिक्री गर्न सकिने प्रविधियुक्त सुविधा हो ।

यस खाता अन्तर्गत बचत खाता, लगानी खाता र डिम्याट खाता रहने छन् । सो खाताहरु खुल्नका लागि ग्राहकले बैंकको वेवसाइटमा थ्रि ईन वान क्लिक गरि अवश्यक विवरण भरि आवेदन दिनुपर्नेछ ।

सानिमा बैंकमा बचत खाता हुने र सानिमा क्यापिटलमा डिम्याट खाता हुने ग्राहकले लगानी खाता मात्र खोलेर सेवा लिन सक्ने बैंकले जनाएको छ ।

अनलाइन मार्फत आवेदन दिएपछि ग्राहकले दिएको ईमेलमा आवेदन प्राप्त भएको जानकारी पाइनेछ । साथै बैंकले खाता खोलिदिए पछि बचत खाताको विवरण ग्राहकले दिएको ईमेल ठेगाना मार्फत प्राप्त हुनेछ । त्यसपछि ग्राहक एक पटक बैंकमा आई केवाईसी लगायत आवश्यक प्रक्रिया पूरा गनुपर्नेछ । सो पश्चात् ग्राहकको डिम्याट खाता प्राप्त गर्नेछन्।

आई बैकिङको क्रेडेन्सीयल प्राप्त भएपछि ग्राहकले आफै कारोबार गर्न सक्नेछन् । सानिमा क्यापिटलले कारोबार र राफसाफको लागि शेयर ब्रोकर कम्पनीहरु संग थप सहकार्य गरेको छ ।

शेयर कारोबार एकै कार्यदिनमा पूर्ण संचालित रुपमा हुनेछ । शेयर खरिद वा बिक्रीको सफल कारोबार भए पश्चात् खरिदको हकमा पाँच कार्यदिनमा ग्राहकहरुको डिम्याट खातामा शेयर जम्मा गरिनेछ । त्यस्तै बिक्रीको हकमा पनि पाँचौ दिनमा बचत खातामा रकम जम्मा हुनेछ । यदि कारोबार सफल नभएको खण्डमा रकम अडर प्लेस गरेकै दिन ग्राहकहरुको बचत खातामा फिर्ता गरिनेछ ।

थ्रि ईन वान पुर्णत संचालित प्रक्रिया भएको हुनाले ग्राहकहरुले यो सेवा छिटो छरितो तरिकाले प्रयोग गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत हरेक दिन दिउँसो २.३० देखि ६.०० बजे सम्म कारोबार रफसाफ गर्न बन्द रहनेछ ।

You might also like

Comments are closed.