प्रिस्टिनाको वार्षिकोत्सव, सामाजिक अभियन्ता अधिकारीलाई सम्मान

आर्थिक आवाज

पोखरा, ८ चैत । थाहा फाउण्डेसनका अध्यक्ष तथा सामाजिक अभियन्ता सरस्वती अधिकारी (सरु) ‘प्रिस्टिना नारी सम्मान २०७५’ बाट सम्मानित भएकी छन् । सम्मानले आफूलाई काम गर्न थप हौसला मिलेको अधिकारीले बताइन् ।

प्रिष्टिना व्युटी पार्लर एण्ड ट्रेनिङ ईन्टिच्युटको २०औं वार्षिकोत्सवको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले उनलाई सम्मान गरेकी हुन् । सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरेको र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको इन्टिच्युटका सञ्चालक ईन्दु क्षेत्री पुरीले जानकारी दिइन् ।

You might also like

Comments are closed.