सामाजिक उत्तरदायित्व बहन गर्दै युनाइटेड क्लब

पोखरा । सामाजिक गतिविधिमा सक्रिय युनाइटेड क्लबले कास्कीको मौजामा रहेको सरस्वती विरमाया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि चिडियाखान निर्माणसंगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले शिक्षा कार्यक्रम अन्तर्गत पोखरा २० मौजामा रहेको सरस्वती विरमाया आधारभूत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगर वडा नम्बर २० का अध्यक्ष सीम बहादुर गुरुङले सामाजिक काम गरेर अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले दुरदराजमा अवस्थित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्दै गुरुङले युनाइटेड क्लबसंग सहकार्य गरेर विकास र सामाजिक काममा समेत अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका सदस्य देव वहादुर गुरुङले ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अवस्था अतिनै नाजुक रहेको र त्यसमा पनि अति विपन्न परिवारका विद्यार्थीहरु अझैपनि विद्यालय पोशाक किन्न नसकिरहेको अवस्थामा क्लबले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेर ठूलो गुण लगाएको वताए ।

विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पोखरेलले युनाइटेड क्लबले सामाजिक अभियान अन्तर्गत शिक्षाको कार्यक्रममा आफ्नो विद्यालयलाई छानेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आइरहेको र दशौं वर्षमा आइपुग्दा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने वताए ।

क्लबका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले युनाइटेड क्लबले सरस्वती विरमाया आधारभूत विद्यालय जस्ता दर्जनौं विद्यालयहरुमा शैक्षिक सामग्री वितरण, पोशाक वितरण, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोषहरु स्थापना गरिसकेको र उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी तथा शिक्षा उपसमिति तथा कार्यसमिति सदस्यहरुको सहभागीता थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...