सामाजिक कार्य गरी मनायो धर्मस्थलीले बार्षिकोत्सव

पोखरा–५ स्थित
धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि.संस्थाले बिभिन्न सामाजिक क्रियाकलाप सहित १२आँै बार्षिकोत्सव एवं स्थापना दिवस मनाएको छ । संस्थाका निवर्तमान अध्यक्ष कृष्णमणि भूत्र्यालले आप्mना मातापिता स्व.चन्द्रमणि र रत्नादेवी भूत्र्यालको नाममा स्थापित चन्द्ररत्न स्मृति ट्रष्टबाट पोखरा–५का सामुदायिक बिद्यालय बाराही मा.बि.र धर्मस्थली आधारभुत बिद्यालयका गरिब तथा जेहन्दार बिद्यार्थीलाई रु १० हजार बराबरको छात्रबृत्ति बितरण गरेको छ ।

त्यस्तै संस्थाका अध्यक्ष महेश्वर पराजुलीले आप्mना मातापिता तारापती र देबिरमण पराजुलीको स्मृतीमा स्थापित ट्रष्टबाट पोखरा–२७ स्थित श्रीकृष्ण प्रणामी बृद्धाश्रममा रु.११ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । साथै उनले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको असहाय सहायता कोषमा रु. ५ हजार ५ बराबर नगद सहयोग गरे ।

संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार कृष्णमणि भूत्र्यालको प्रमुख आतिथ्यतामा र अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको कर्यक्रममा संस्थाका सल्लाहकार हेरम्ब प्रसाद कोइराला, धर्मस्थली आधारभुत बिद्यालयका व्यबस्थापन समितिका अध्यक्ष शिब प्रसाद पराजुली, संस्थाका उपाध्यक्ष नारायण प्रसाद गौतम, सचिव शशिराज भूत्र्याल लगायतले बोलेका थिए । संस्थाको आर्थिक गतिबिधीबारे प्रबन्धक श्री कृष्ण प्रसाद पराजुलीले प्रकाश पारेका थिए ।

You might also like

Comments are closed.