आर्थिक आवाज
पोखरा, ११ जेठ । सामाजिक सञ्जालबाट जोडिएको ‘बुहारी ग्रुप’ले दोस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक काम गरेको छ । पोखराको रामघाटमा रहेको परोपकार इ.सि.डि. सेन्टरका २४ जना विपन्न वर्गका बालबालिकालाई वार्षिकोत्सवको अवसरमा सहयोग गरिएको ग्रुपका पोखरा कार्यक्रम को–अर्डिनेटर बिमला कोइरालाले जानकारी दिइन् ।
सामाजिक काम गर्ने उद्देश्यले बालबालिकालाई सहयोग गरिएको उनले बताइन् । शनिबार एक कार्यक्रमका बीच २० हजार रुपैयाँ बराबरको सामान सहयोग गरिएको हो । झोला, पुस्तक, खानेपानीको जार, वाटर डिस्पेन्सर कलर, राइस बोल्स, बल, चम्चा, वाल चार्ट लगायतका सामग्री सहयोग गरिएको कोइरालाले जानकारी दिइन् ।
परोपकार इ.सि.डि. सेन्टर ५ वर्षभित्रका विपन्न वर्गका बालबालिकालाई लक्षित गरी खोलिएको संस्था हो । पोखरासहित राजधानी काठमाडौं लगायत देशभर ग्रुपले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको बताइएको छ । यस अगाडि पनि ग्रुपले विभिन्न कार्यक्रम तथा सामाजिक गतिविधि गर्दै आइरहेको छ । ग्रुपको एडमिन प्रभा आचार्य, मनिषा थापा, बिमला पाण्डे र तुलसा गौतम हुन् ।
Comments are closed.