समाजमा विशिष्ट योगदान पुर्याएका सय जनालाई रथारोहणसहित सम्मान गर्दैछौंः गभर्नर आचार्य

धनराज आचार्य
डिष्ट्रिक्ट गभर्नर
लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका धनराज आचार्यले विभिन्न सय वटा कार्यक्रम तर्जुमा गरेका छन् । अधिकांश कार्यक्रम सफल भइसकेका छन् भने केही कार्यक्रम सम्पन्न हुने क्रममा छन् । वार्षिक कार्यक्रम अन्तर्गत महत्वपूर्ण कार्यक्रम सय जना व्यक्तित्वहरुलाई रथारोहणसहित विशेष सम्मान हो । यसैक्रममा गभर्नर आचार्यसँग डिष्ट्रिक्टका गतिविधि र लायन्ससँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सारः

लायन्सले सय जना व्यक्तिहरुलाई विशेष सम्मान गर्नुको उद्देश्य के हो ?
हामीले लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष मनाइरहेका छौं । संसारकै सवैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्थाको सय वर्ष मनाउने अवसर पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो । लायन्सको गौरवमय सय वर्ष मनाउने क्रममा हाम्रो डिष्ट्रिक्टले विभिन्न सय वटा कार्यक्रम तर्जुमा गरेको थियो । ती कार्यक्रममध्ये सवैभन्दा महत्वपूर्ण कार्यक्रम सय जना व्यक्तित्वलाई सम्मान हो । ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान प्रदान गर्दैछौं । भव्य समारोहका बीच फागुन २६ गते शनिबार पोखरा सभागृहबाट रथारोहणसहित परेड हुनेछ भने प्रदर्शनी केन्द्रमा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गर्नेछौं । जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाएर अगाडि बढिरहेको लायन्सले यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाउने क्रममा यो कार्यक्रम पोखरा आयोजना गरिएको छ । जुन कार्यक्रमले यहाँको पर्यटन प्रवद्र्धनमा पनि योगदान पु¥याउने हामीले विश्वास लिएका छौं ।

कार्यक्रमलाई कसरी व्यवस्थित बनाउनुभएको छ ?
समाजमा विशेष्ट योगदान पु¥याउनुभएका एक सय जना व्यक्तित्वहरुलाई शतवार्षिकी समारोहबीच नागरिक अभिनन्दन तथा रथारोहण समेत गराउने कार्यक्रममा देशभरबाट २५ हजार भन्दा बढीको उपस्थिति रहने हामीले विश्वास लिएका छौं । देशकै सर्वोच्च व्यक्तित्व राष्ट्रपतिको गरिमामय उपस्थिति रहने कार्यक्रमलाई हामीले निकै व्यवस्थित, सभ्य र भव्य बनाउँदैछौं । यो कार्यक्रम एकल प्रयासले भएको होइन । कार्यक्रम सफल बनाउन डिष्ट्रिक्टका विभिन्न पदमा रहनुभएका साथीहरुको योगदान महत्वपूर्ण छ । पोखरा लेखनाथ महानगरपालिकाले सहआयोजक भएर सहयोग गरिरहेको छ । यहाँका विभिन्न संघसंस्थाबाट पनि हामीलाई साथ मिलेको छ । विशेष गरी डिष्ट्रिक्ट अन्तर्गतका सबै क्लबहरुले आआफ्नो जिम्मेवारी अनुसार कार्यक्रम सफल बनाउन योगदान पुु¥याउनुभएको छ । यो कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाएका थियौं । सम्पूर्ण उपसमितिले उत्साहका साथ जिम्मेवारी बहन गर्नुभएको छ । यो महाअभियानमा साथ दिने तथा सहकार्य गर्ने सम्पूर्णका प्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

सम्मानित व्यक्तिहरुलाई कसरी छनोट गर्नुभयो ?
व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याउनुभएका मेचीदेखि महाकालीसम्मका व्यक्तिहरुलाई हामीले सम्मान गर्ने अवसर पाएका छौं । कस्ता कस्ता व्यक्तिलाई सम्मान गर्दा राम्रो हुन्छ भनेर हामीले सार्वजनिक रुपमै आह्वान गरेर सिफारिस मागेका थियौं । विभिन्न विधालाई समेटिने गरी देशभरका लायन्स क्लब तथा अन्य संघसंस्थाहरुको समेत सिफारिसमा हामीले गठन गरेको प्रतिभा छनोट समितिले निष्पक्ष रुपमा एक सय जनालाई छनोट गरी सम्मान गर्ने अवसर पाएका छौं । यो अवसर हामीलाई न हिजो मिलेको थियो, न भोलि नै मिल्नेछ । यस अवसरमा सम्मानित हुनुभएका सम्पूर्ण व्यक्तिहरुलाई म हार्दिक बधाई ज्ञापन गर्दछु । निकै प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई ३३ वटा रथमा राखेर नगर परिक्रमा गराउन पाउँदा हामी हर्षित छौं ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर हुँदा कस्तो अनुभव गर्नुभएको छ ?
लायन्स स्थापनाको पहिलो शताब्दी पुरा गरेर हामी दोस्रो शताब्दीमा प्रवेश गर्दैछौं । स्थापनाकोे सय वर्षमा गभर्नर हुन पाउनु मेरो लागि एउटा सौभाग्य र अबसर पनि हो । आजभन्दा १० वर्ष अगाडि नै मैले सन् २०१७÷१८ मा गभर्नर हुन्छु भनेर भनेको थियो । त्यसैले पनि मैले रचनात्मक काम गर्न सफल छु । यो अवसरलाई मैले कामका माध्यमबाट देखाउने प्रयत्न गरेको छु । लायन्स स्थापनाको सेन्टेनियल वर्ष मनाउन हामीले विभिन्न सय वटा कार्यक्रम नै तय गरेका छौं । जस अन्तर्गत सताब्दिआँैं कार्यक्रम तथा सय जना व्यक्ति सम्मान, पढाऔं अभियान लगायतका सय वटा कार्यक्रम नै समाजमा विशेष प्रभाव पार्ने खालका छन् । यो वर्ष ल्याइएका सबै कार्यक्रम सफल बनाउन सम्पूर्ण लायन लिडर तथा क्लबहरुबाट उत्साहका साथ मलाई साथ मिलिरहेको छ ।

पढाऔं अभियानको अवधारणा कसरी आयो ?
अरुले भन्दा केही फरक गर्नुपर्छ भन्ने सोच मलाई सधैं आउँछ । फरक काम गरेर मात्र भएन दीर्घकालीन रुपमा प्रभाव पार्ने काम जुन सकेसम्म धेरैलाई राहत पुग्ने खालको होस् भन्ने थियो । नेपालमा हामीले शहरी क्षेत्रलाई मात्र हेरेर भएन । २१औं शताब्दीमा आइसक्दा पनि नेपालका यस्ता दुरदराजका ठाउँ छन् जहाँका बालबालिकाले अहिलेसम्म विद्यालयको मुखसम्म देख्न पाएका छैनन् । शहरी क्षेत्रमै पनि कतिपय त्यस्ता बालबालिका हामीले देख्न सक्छौं । विशेषगरी गरीबी तथा अन्य विविध कारणले विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाएको हुँ । मैले यो अभियान सञ्चालन गर्नासाथ देशभरबाट मलाई निकै हौसला प्रदान भएको छ । देशभरका लायन्स साथीहरु तथा क्लबहरुबाट निकै सहयोग प्राप्त भएको छ । पढाऔं अभियान र सेन्टेनियल ईयरलाई सफल बनाउने हाम्रो मुख्य उद्देश्य हो ।

पढाऔं अभियानलाई अब कसरी व्यवस्थित गर्नुहुन्छ ?
डिष्ट्रिक्टले यस वर्ष अगाडि सारेको महत्वपूर्ण काम हो, ‘पढाऔं अभियान’ । लायन्स क्लब इन्टरनेशनलले बितेका सय वर्षमा अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम गरेको छ । अबको फोकस एरिया लायन्सले मधुमेहलाई बनाएको छ । नेपालको सन्दर्भमा यस बाहेक लायन्सलाई ब्राण्डिङ गर्ने र साचो अर्थमा सामाजिक सेवा पनि हुने हिसाबले पढाऔं अभियान शुरु गरेका हौं । यसमा ३ पक्ष रहनेछन् । एउटा पक्ष डिष्ट्रिक्को कार्यकारी समिति हो । लायन्स वा गैर लायन्स जो सुकै भएपनि ट्रस्टी बनेर स्वर्गीय वा जीवित आफन्त तथा आफू वा अरु कसैको नाममा अक्षय कोष निर्माण गर्नेछौं । यसलाई सञ्चालन गर्ने क्रममा ईच्छाइएको व्यक्ति १ जना सदस्य हुन्छ । ३ जनाको एउटा कमिटि बन्छ र कसलाई छात्रवृत्ती दिने भन्ने निर्णय गर्छ । यो कोष अविछिन्न रुपमा चलिरहन्छ ।

पढाऔं अभियानका लागि अहिलेसम्म कति रकमको प्रतिबद्धता आएको छ ?
आजको दिनसम्म हामीसँग ५ करोड ४७ लाख रुपैयाँ बराबरको कोषको प्रतिबद्धता प्राप्त भइसकेको छ । यो वर्षको अन्त्यसम्ममा निकै राम्रो तरिकाले कोष स्थापना हुनेमा हामी विश्वस्त छौं । अबको १० वर्ष पछाडि यो कोषमा १ अर्ब रुपैयाँ जम्मा हुने मलाई विश्वास छ । यो अभियान एक दुई वर्षका लागि मात्र होइन दीर्घकालीन प्रभाव पु¥याउनका लागि हो । कोषमा रकम बढ्ने क्रम निरन्तर जारी रहनेछ । नेपालको शिक्षा क्षेत्रमा यो अभियानले महत्वपूर्ण योगदान पु¥याउने छ र पूर्ण साक्षरता बनाउने सरकारको अभियानमा पनि सहयोगी बन्नेछ ।

डिष्ट्रिक्टका उपलब्धीहरुलाई कसरी हेर्नुहुन्छ ?
अहिले हाम्रो डिष्ट्रिक्ट संसार कै ठुलो डिष्ट्रिक्ट हो । १० हजार भन्दा बढी सदस्य हुनुहुन्छ । अहिलेबाट हामीले नयाँ अभियान सुरु गरेका छौं । जुन सफल पनि भइसकेको छ । नेपालको ४७ वर्षे पुराने इतिहासमा अहिले प्रत्येक क्लबमा गर्भनर पुगेर पदस्थापन गर्न सम्भव छैन । क्लस्टर छुट्याएर संयुक्त रुपमा पदस्थाापन कार्यक्रम आयोजना गरियो । जुन निकै सफल पनि भयो । ३०÷३५ वटा क्लब एउटा क्लस्टरमा पर्ने गरी हाम्रो डिष्ट्रिक्टलाई ९ क्लस्टरमा छुट्याएका छौं । अगस्ट १५ भित्र पदस्थापन सक्ने जुन लक्ष्य थियो पुरा गर्न सफल भयौं । नेपालको लायन्समा यो हाम्रो नयाँ प्रयोग हो । डिष्ट्रिक्टको मुख्य उपलब्धी भनेको सामाजिक क्षेत्रमा पु¥याएका योगदान नै हो । भूकम्प गएको समयमा होस वा तराईमा बाढी गएको समय, पहाडी क्षेत्रमा बाढी पहिरो जाँदा होस वा आगोलागीका घटना हुँदा हाम्रो डिष्ट्रिक्टले तत्काल राहत पु¥याएर पीडितहरुलाई साथ दिने काम गरिरहेको छ । यो सामाजिक अभियानमा बिना स्वार्थ लायन साथीहरु दत्तचित्त भएर लाग्नुभएको छ । वृक्षारोपण, रक्तदान, बृहत स्वास्थ्य शिविर लगायतका अन्य महत्वपूर्ण कार्यक्रमले नेपाली समाजमा लायन्स क्लबहरुको महत्वलाई अझ बढाएको छ । ब्लड बैंक, लायन्स अस्पताल, हर्टकेयर सेन्टर स्थापना लगायतका अन्य थुप्रै मेगा प्रोजेक्टहरु पनि लायन्सकै उपलब्धी हुन् ।

यस वर्षका अन्य अभियानहरु के¬–के छन् ?
स्वास्थ्य क्षेत्रमा पनि विभिन्न अभियान संचालन गरेका छौं । संगठन सुदृढीकरणमा पनि ध्यान दिएका छौं । आफन्त तथा साथीभाइलाई क्लबमा स्वागत गर्नुका साथै क्लब छोडेका साथीलाई पनि पुन क्लबमा आवद्ध गराउन पहल गरेका छौं । नेतृत्व विकासको लागि पनि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौं । हरेक साता शुक्रबार लायन्स स्कुल नै सञ्चालन भएको छ । लायन्स स्थापनाको सय वर्ष भएकाले यस पटक सयवटा विभिन्न कार्यक्रम तय भएका छन् । सबै कार्यक्रम महत्वपूर्ण छन् । सेन्टेनियल ईयरको अवसरमा हामीले नेपालको कुनै एक ठाँउमा मेल्भिन जोन्सको शालिक बनाउनेछौ । शताब्दी स्मृति परियोजना पनि हामी बनाउनेछांै । सबैभन्दा धेरै रक्तदाता बनाउनेमा पनि हामी अग्रस्थानमा छौं । हामीले भारतका २ वटा डिष्ट्रिक्टसँग डिष्ट्रिक्ट टु डिष्ट्रिक ट्युनिङ सम्वन्ध कायम गरेका छौं । अमेरिकन डिष्ट्रिक्टहरुसँग मिलेर पनि हामीले काम गरेका छौं । दृष्टिविहिनहरुको लागि भोकेसनल ट्रेनिङ सेन्टरको सिलन्यास गरिसकेका छौं । गोर्खा अस्पतालमा १ करोड रुपैयाँ बरावरको उपकरण ल्याउनको लागि पनि हामीले सहयोग ग¥यौं । लेखनाथ अस्पतालमा १ लाख रुपैयाँ बरावरको उपकरण हस्तान्तरण भएको छ । सबै साथीेहरुले उत्साहका साथ काम गर्नुभएको छ । चार्टर उत्सव मनाउने, आन्तरिक रुपमा क्लबलाई सुढृण बनाउने काम पनि भइरहेको छ । विभिन्न रोगका वारेमा सचेतना जगाउने तथा शिविर संचालन गर्ने काम पनि हामीले गरिरहेका छौ । १ लाख बालबालिकाको आखाँको परीक्षण तथा उपचार गर्ने हाम्रो लक्ष्य छ । जुन अभियान सुरु भइसकेको छ ।

अन्तिममा भनिदिनुहोस्, लायन्स कस्तो संस्था हो ?
लायन्स क्लब संसारकै सबैभन्दा ठुलो सामाजिक संस्था बनेको छ । यसका दुई कारणहरु छन् । एउटा त यती धेरै देशहरुमा संजाल भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था अरु कुनै पनि छैनन् । संयुक्त राष्ट्रसंघ जस्तो संस्था पनि सबै देशमा पुगेको छैन । संयुक्त राष्ट्र संघको भन्दा लायन्सको सञ्जाल धेरै देशमा जोडिएको छ । यस हिसाबले पनि हाम्रो संस्था ठुलो बनेको छ । यो एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । तर, यसको छुट्टै बिशेषता छन् । यो मात्र एउटा संस्था हो, जसको अपरेसन कष्ट निल छ । शून्य अपरेसन कष्टमा काम गर्ने भएको हुनाले यो विल्कुलै सामाजिक संस्था हो । लायन्सले संसारभर सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ । नेपालमा पनि यसले सामाजिक क्षेत्रमा रचनात्मक र नमुना काम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.