सामान्य प्रशासन मन्त्रालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा सहजीकरणको लागि आग्रह

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहबाट राम्रो काम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यद्यपि, देशभर रहेका ७ सय ५३ वटा स्थानीय तहले नै पुर्णरुपमा मापदण्ड पुरा नगरेकाले पूर्ण रुपमा पालना गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ ।

जनस्वास्थ्यका मापदण्ड पुर्ण रुपमा कायान्वयन गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मापदण्डलाई कढाईका साथ पुर्ण रुपमा कार्यन्वयन गर्ने गराउने व्यवस्थाका लागि सवै स्थानिय तहलाई परिपत्र गरी सहजिकरण गर्न स्वास्थ्य मन्त्रालयले संंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

lcci
You might also like

Comments are closed.