सामुदायिक रेडियो दिदिबहिनीको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा, २४ माघ
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रेडियो दिदीबहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी , पर्वत जेसीज लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरु गरी ३० जनाले रक्तदान गरेको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन् ।  कार्यक्रम फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा र महोत्सवका मुल संयोजक कल्पना चापागाईले रक्तदान गरेर शुरुवात गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले सञ्चार माध्यमहरुले हरेक क्षेत्रमा योगदान पु¥याउन सक्ने बताए ।

महोत्सव मुल आयोजक समितिका संयोजक कल्पना चापगाईले रगतको अभावमा कुनै नागरिकले पनि अकालमा ज्यान फाल्न नपरोस भन्ने उद्देश्यले प्रत्येक वर्षको महोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको बताइन् ।  रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राथमिक सहयोग गरेको थियो

MANASLU

यसैबिच ११औ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तीन दुई दिन पछि सरेको छ । बिहीवारदेखि आएको मौसमको खराबीका कारण माघ २७ गतेदेखि फागुन ७ गते सम्म महोत्सव हुने भएको हो । अन्य कार्यक्रमहरु भने यथावतै रहेको बताइएको छ । २५ गतेदेखि निर्धारित कार्यक्रम २७ गतेदेखि शुरु हुने रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...