सामूदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री

पोखरा, २२ बैशाख
बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका सहित कास्की र अन्य जिल्लामा उक्त सामाग्री वितरण गरेकोे हो ।

फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको फाउन्डेशनका अध्यक्ष दीलपराज श्रेष्ठले जानकारी दिए ।  फाउन्डेशनले आईतवार मात्रै पोखरा महानगरपालिकाका वडा नं २ स्थित विन्ध्यवासिनी मा.वि., वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मा.वि. एवम् वडा नं १६ का विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

यसअघि पोखरा महानगरवालिका वडा नं ३ स्थित कन्या मा.वि., ४ स्थित नविन मा.वि. ७ स्थित श्रीकृष्ण मा.वि. २५ स्थित हेम्जाका बिभिन्न बिद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक वितरण गरिसकेको सचिव टंकराज अधिकारीले जानकारी दिए । उनका अनुसार बैशाख महिना भित्र महानगरपालिका भित्र सम्बन्धित वडा कार्यलयको सिफारिस अनुसार सामूदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने छ गतबर्षका सेवा लिईरहेका बिद्यालयका बिद्यार्थीलाई समेत निरन्तरता दिईने छ ।

बालअधिकार संरक्षण र प्रवर्धन तथा बाताबरण संरक्षणले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी बाल अधिकार र बातावरणलाई नै कार्यक्षँेत्र बनाएको संस्थाले हालसम्म एक हजार १०० जना बालबालिका लाभान्वित भैसकेको र यसबर्ष मात्र करीव पाँच सय बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न लागिएको फाउन्डेशनका सचिव अधिकारीले जानकारी दिए

न्युनतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउन्डेशनले सहयोग पु¥याउँदै आएको उनले बताए ।
फाउन्डेशनले वातावरणीय संरक्षणका लागि बृक्षारोपण र फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गर्दै आएको छ ।

त्यस्तैे सन् २०१९ भित्रमा पोखरा महानगरपालिकालाई बालमैत्री महानगर बनाउने महानगरको लक्ष्यलाई सहयोग गर्न फाउन्डेशनले महानगरपालिकाकै सहयोगमा प्रत्येक वडामा बाल भेला गरी बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण, बालअधिकार, बालमैत्री विद्यालय, बाल क्लब तथा बालमञ्च गठन जस्ता कार्यक्रम केहिदिन अघिदेखि सञ्चालन गर्दै आएको छ ।

बाबा फाउण्डेशन नेपाल बि सं २०६५ सालमा स्थापना भई बाल अधिकार संरक्षण र बाताबरण संरक्षणका लागि समर्पित हुदै बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मुनाफा रहित गैंर सरकारी संस्था रहेको अध्यक्ष दीलपराज श्रेष्ठले बताए ।

You might also like

Comments are closed.