सार्दिखोलामा विशालको स्वास्थ्य शिविर

पोखरा, १३ जेठ । विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखराको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालिका २ सार्दीखोलास्थित स्वास्थ्य चौकीमा शिविर भएको हो । शिविरमा १ सय ६५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न काम गर्दै आइरहेको संस्थाका कार्यवहाक अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिए । मणिपाल शिक्षण अस्पलतालको प्राविधिकहरुको सहयोगमा शिविर सम्पन्न भएको सचिव सुदिप ढकालले जानकारी दिए ।
शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ जुनु श्रेष्ठ लगायत सहभागी थिए । बिरामीलाई निःशुल्क औषधी वितरणका साथै रक्त परीक्षण पनि गरिएको ढकालले जानकारी दिए । उपसमितिका संयोजक बुद्धिप्रसाद पौडेलको अध्यक्षता तथा वडा अध्यक्ष विक्रम गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.