वैशाख १७, पोखरा ।
काठमाडौं, १७ वैशाख । सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले पोशाक अनिवार्य लगाउनु पर्ने भएको छ । सोमबारबाट राष्ट्रिय यातायात व्यवसायी महासंघले गंगबुस्थित नयाँ बसपार्कबाट पोशाकको सुरुवात गराएको जनाएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
सिटौलाका अनुसार देशभरका काउन्टरमा पोशाक अनिवार्य गरिने तयारी भइरहेको छ । ‘केही दिनभित्र देशभरका काउन्टरमा अनिवार्य एउटै पोशाक लाग हुनेछ,’ सिटौलाले भने । बसर्पाकमा पोशाक नहुँदा यात्रुहरु ठगिने गरेको गुनासो आएपछि ट्राफिक प्रहरी र व्यवसायीको सहमतिमा अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको हो । ‘यातायात व्यवसायीहरु रचनात्मक काम गर्दै सरोकारवालाहरुको मन जित्ने प्रयास गरिरहेको छन्,’ उनले भने । परिचय पत्र पनि अनिवार्य गराइने सिटौलाले बताए ।
Comments are closed.