सिक्लेसमा विद्यालय भवन बनाउँदै साँग्रिला

आर्थिक आवाज
पोखरा, ४ फागुन । लायन्स क्लब अफ पोखरा साँग्रिलाले अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवन बनाउने भएको छ । कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा क्लबले भूकम्प प्रतिरोधी भवन बनाउन लागेको हो ।

लायन्स क्लब अफ पोखरा साँग्रिला र जर्मनीको वनगेन इज्नी क्लबको संयुक्त प्रोजेक्टमा लायन्स क्लब इन्टरनेशनलको आर्थिक सहयोगले भवन बनाउन लागिएको साँग्रिलाका अध्यक्ष दीपेन्द्र सुवेदीले जानकारी दिए । ‘शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउने लक्ष्यसहित भवन बनाउन लागिएको हो,’ सुवेदीले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन पनि भवनले सहयोग पु¥याउनेछ ।’ १ करोड ७० लाख रुपैयाँको लागतमा भवन बन्ने सुवेदीले जानकारी दिए ।

निर्माण हुन लागेको विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ, लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ र क्लबका अध्यक्ष दीपेन्द्र सुवेदीले संयुक्त रूपमा शिलान्यास गरे ।

MANASLU

कार्यक्रममा बोल्दै सांसद गुरुङले विद्यालय भवन निर्माण गरेर लायन्सले प्रशंसनीय काम गरेको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज गुरुङ, डा. कृष्ण भण्डारी, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतले बोलेका थिए ।

क्लबले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । यस अगाडि क्लबले कास्कीको जिल्ला कारागारलाई १ सय वटा भन्दा बढी पुस्तक वितरण गरेको थियो । गगनगौंडाको राधाकृष्ण वृद्धाश्रम तथा गुरुकुलका विद्यार्थीलाई स्टेसनरी, न्यानो कपडा तथा खाद्यान्न वितरण गरिसकेको अध्यक्ष सुवेदीले जानकारी दिए । ‘आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरु गर्नेछौं,’ उनले भने ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...