पोखरा, ११ वैशाख ।
नयाँ वर्ष ०७५ को अवसरमा पोखरा नगर रेष्टुरेण्ट तथा बार एसोसियसन (सिटी रेवान)ले रक्तदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ ।

मंगलबार पोखराको महेन्द्रपुलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि डा. बुद्धिबहादुर थापाले सिटी रेवानका कार्यसमिति सदस्य अर्जुन खनाललाई पहिलो रक्तदाताको रुपमा ब्लड बैंकको हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरे ।
स्थापनाकाल देखि नै विभिन्न सामाजिक रचनात्मक कार्यक्रमहरु आईरहेको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रमबाट अस्पतालमा भईरहेको रक्त अभावलाई आंशिक रुपमा भएपनि परिपूर्ति गर्ने कार्यक्रममा संयोजक धनबन्धु सुवेदीले जनाए । कार्यक्रममा सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जीवि श्रेष्ठ, सल्लाहकार मोहनराज तिवारी, पार्वती जिसी, कानूनी सल्लाहकार जगन्नाथ ढकाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङ, लगायतले बोलेका थिए ।
एसोसियसनका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धनबन्धु सुवेदीले स्वागत मन्तव्य राखे भने कार्यक्रमको संचालन महासचिव जीवन दाहालले गरेका थिए ।
Comments are closed.