केपी शर्मा पाध्या
सल्लाहकार, सिटी रेवान, पोखरा
सिटी रेवानको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १७ देखि २४ गतेसम्म सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल हुँदैछ । यो महोत्सव महोत्सव समग्र पोखरेलीको हो । यो महोत्सवले समग्र पोखराको विकासमा सघाउँछ । यसले पोखराको पर्यटनमा पनि सघाउँछ । पोखरालाई ब्राण्डिङ गर्दै पर्यटन प्रवद्र्धनमा महोत्सवले सहयोग गर्छ ।
पोखरामा उत्पादित वस्तुलाई बजार व्यवस्थापन गर्न, गण्डकी प्रदेशको उद्योग, व्यवसायहरुको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौं । कला संस्कृतिको जगर्ना गर्नेपनि हाम्रो उद्देश्य हो । महोत्सवमार्फत संस्कृति, धर्म, परम्परालाई जोगाउने उद्देश्य अनुरुप नै हामीले शिवरात्रीको अवसरमा मेला आयोजना गरेका हौं । धर्मलाई र संस्कारलाई बचाई राख्नुपर्छ भन्ने मान्यतामा हामी छौं ।

पछिल्लो समय च्याउ सरी महोत्सव हुँदा यसको महत्व घट्दै गएको छ । सेड्युल अनुसार मेला गर्नु राम्रो हो । तर उद्देश्य बिना जुनसुकै समयमा महोत्सव हुँदा यसको महत्व घटेको हो जस्तो लाग्छ मलाई । अब मेला महोत्सव संस्थाको उद्देश्य र समय सन्दर्भ मिलाएर आयोजना गरिनुपर्छ र त्यसका लागि पहल गर्न जरुरी छ । समय सन्दर्भ अनुसार नै हामीले यसपटक शिवरात्रीको अवसरमा महोत्सव आयोजना गरेका हौं ।
महोत्सव सबैलाई फाइदा हुने हिसाबले हुनुपर्छ । आवश्यक्ता अनुसार मेला महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्छ । कलाकारहरु पनि फेरिफेरि ल्याउनुपर्छ । एउटै कलाकार सबैतिर हुँदा दिक्दार लाग्दो हुन्छ । हामीले यस पटकको महोत्सवमा त्यसलाई ध्यान दिएका छौं । स्थानीय उत्पादनलाई प्राथमिकता दिने, उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लगायतका गर्न सकियो भने मेला महोत्सवको महत्व बढ्छ र दर्शकको सहभागिता पनि बढ्छ ।
Comments are closed.