सिद्धार्थ बैंकको तीन शाखारहित बैंकिङ सेवाको औपचारिक शुभारम्भ

पोखरा, १८ चैत

सिद्घार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक शुभारम्भ गरेको छ । बैंकले सुर्योदय नगरपालिका–१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोक सहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु
गरेको छ ।

गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१ का वडा अध्यक्ष श्री राज कुमार सेराङ , लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष श्री धन बहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक श्री टेक बहादुर घिमिरेले गरेका थिए । शाखारहित सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा लिन सक्ने कुरामा बैंक बिस्वस्त रहेको छ ।

३ वटा शाखारहित बैंकिङ सेवासहित हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, , १०८ एटिएम र ६८७ पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

You might also like

Comments are closed.