सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

पोखरा, २३ चैत ।

सिद्घार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच शुक्रबार मा एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर छ ।े । सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविन रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न , बिमा लेख लिन तथा बिमा दाबि भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा लिन सक्नेछन् । यसबाट बैंकका गा्रहक लाभान्वित हुनुका साथै छिटो र सहज रुपमा बिमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

You might also like

Comments are closed.