सिद्ध वराहा माविको ४ कोठे भवन शिलान्यास, सहयोग गर्ने पहारीको घोषणा

आर्थिक आवाज
पोखरा, ४ माघ । पोखरा महानगरपालिका २३ माथुममा रहेको सिद्ध वराहा माविको ४ कोठे भवनको शिलान्यास भएको छ । गण्डकी प्रदेशका सांसद राजिव पहारीले शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरे । उनले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहने बताउदै सिद्धवराह माविमा प्राविधिक शिक्षा ल्याउनलाई आफूले जस्तो सुकै सहयोग गर्ने बताए ।

‘देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक पर्दछ’, उनले भने ‘गाउँ गाउँका विकासका लागि प्राविधिक शिक्षा आवश्यक छ, त्यसैले धेरै भन्दा धेरै प्रविधिमा शिक्षा दिनुपर्ने आवश्यक छ ।’ उनले पोखरा महानगरपालिका वडा नम्बर २३ पोखराका महानगरपालिकाको ठुलो वडा भएपनि विकासका दृष्टिले पछि रहेको बताए ।

विद्यालयलाई आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि नगद ५० हजार दिने उनले घोषणा गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरा महानगरपाकिलाको सबैभन्दा पीछडिएको वडा २३ भएको भन्दै विकासका लागि बजेट आवश्यक भएको बताए । उनले यो वडामा अहिलेसम्म एक इन्च पनि पिच बाटो नभएको बताए ।

क्षेत्रफलका आधारमा ठुलो वडा भएपनि विकासका आधारमा पछाडि परेको बताए । विद्यालयलाई आवश्यक पर्ने सबै सहयोग गर्न वडा कार्यालय तयार रहेको उनले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भण्डारीले विद्यालयमा शैक्षिक विकासका लागि आफूहरु लागि परेको भन्दै सरकारी तहबाट पनि सहयोगको आवश्यक रहेको बताए ।

विद्यालयकमा प्राविधिक शिक्षा प्रदान भौतिक पुर्वाधार आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक गणेश दाहालले स्वागत र शिक्षक तुलसी प्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीको सहयोगमा ४ कोठे भवन निर्माण हुन लागेको हो । निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग प्रदान गरे पछि विद्यालयको भवन निर्माण गर्न थालेको विद्यालयका प्रधानध्यापक बद्रिनाथ पराजुलीले जानकारी दिए । २०७२ साल वैशाख १२ गते गएको भूकम्पका करण भवन चर्किएपछि निर्माण हुन लागेको हो ।

You might also like

Comments are closed.