सिद्ध समाज हर्पन चैनपुरको अध्यक्षमा पौडेल

पोखरा, १६ पुस । सिद्ध समाज हर्पन चैनपुर पोखराको ११ औ साधारण सभा तथा ५ औ अधिबेसनले विश्वनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शशिधर पराजुली, सचिब हरिश्चन्द्र पौडेल, कोषाधक्ष लोक कुमारी क्षेत्री, सह सचिब हुमनाथ पराजुली, सदस्य लक्ष्मी प्रसाद पौडेल, शिबहरि पौडेल, धनपति पौडेल, चन्द पराजुलीलाई चयन गरेको छ ।

त्यसै गरि बचत सहकारी तर्फको अध्यक्षमा जनकराज पराजुली, सदस्य रामजी पौडेल, कुल प्रसाद पराजुली, हिरा पौडेल, काशिराम पौडेललाई चयन गरेको छ । साधारण सभाले सचिब रामजी पौडेलले प्रस्तुत गरेको सचिबको प्रतिबेदन र कोषाध्यक्ष लोककुमारी क्षेत्रीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ । कार्यक्रमा समाजका ७५ वर्ष उमेर पुगेका विभिन्न व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । त्यसै गरी शैक्षिक क्षेत्रमा योग्दान दिने विद्यार्थीलाई सम्मान गरेको थियो ।

You might also like

Comments are closed.