सिन्धुका बालबालिकालाई लायन्स क्लबको सहयोग

तनहुँ, १९, माघ
तनहुँको व्यास नगरपालिका ५ सागेसेरा स्थित सिन्धु आधारभुत विद्यालयका बालबालिकालाई लायन्स क्लबले विविध सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत् वहुअपाङ्गता भएका वाल वालिकाहरुलाई लायन्स क्लव अफ पोखरा फेवा सिटीले शनिवार लो वेड र व्लाङकेट वितरण गरेको हो । विद्यार्थीका लागी ४ वटा लो वेड र ८ वटा व्लाङकेट वितरण गरिएको हो ।

jutta mela

लायन्स क्लव इन्टरनेशनल डिष्टिक ३२५ वि १ नेपालका गर्भनर अशोक कुमार श्रेष्ठ र लायन्स फेवा सिटीका अध्यक्ष वालकृष्ण निहुरेले विद्यालयकी अध्यक्ष विमला कुमाललाई ति सामाग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा वोल्दै डिष्टिक गर्भनर श्रेष्ठले लायन्स क्लवले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको वताए । लायन्स क्लव आफनै खर्च कटाएर समाजमा केही गर्ने चाहन्छ उनले भने । अपाङ्गताको क्षेत्रमा विषेश काम गर्ने उनले वताए ।

व्यासनगर पालिकाका पुर्व मेयर तारा प्रसाद श्रेष्ठले सो विद्यालयले विपन्न वर्गका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने वताए । वडा नं.५ का अध्यक्ष मोहन कुमार श्रेष्ठले विद्यालयवाट हुने हरेक गतिविधि वडा सँग समन्वय गरी अगाडी वढाउनु पर्ने वताए ।

You might also like

Comments are closed.