पोखरा, १९ चैत
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको पहिलो विद्यार्थी भेला शनिवार पोखरामा सम्पन्न भएको छ । प्रतिष्ठानले २०५८ साल देखि ए.स.एल.सी.तहमा पुरस्कृत छात्रछात्राका साथै २०६५ साल देखि प्रदान गर्दै आएको गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीहरुको प्रथम भेलाको आयोजना गरेको हो ।
भेलामा ९ जिल्लाका करिब ८० जना विद्यार्थी, शिक्षक तथा अविभावकहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष चिज काजी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी सिला गुरुङको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कबिता गुरुङ, सचिवमा आरती गुरुङ, सह–सचिवमा विपना गुरुङ, कोषाध्यक्षमा करण गुरुङ, सदस्यमा सोफिया गुरुङ, नवीन गुरुङ, जितेन गुरुङ, शक्ति गुरुङ, मीना गुरुङ, प्रीया गुरुङ, रेनु गुरुङ तथा सुदिप गुरुङ रहेका छन् ।
कार्यक्रम सचिव श्रीजङ तमुले सन्चालन गरेका थिए भने कार्यक्रमको उद्देश्य बारे उपाध्यक्ष चित्र तमुले प्रकाश पारेका थिए । त्यसैगरी प्रतिष्ठानका अक्षयकोषदाता यू.के. निवासी क्या. पिताम्बर तमुद्वारा कार्यक्रमको प्रशंसा गर्दै आप्mनो सधै आर्थिक तथा भौतिक सहयोग रहने वचन व्यक्त गरे । उनले आप्mनो १५ वर्षिय छोराबाट पठाएको पाँच हजार सहयोग रकम हस्तान्तरण गरे । त्यसै गरी सस्थाका अध्यक्ष चिज काजी गुरुङ तथा सदस्य कञ्चन गुरुङले विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेका थिए ।
कार्यक्रममा गोरखा, तनहुँ, स्याङ्जा,काठमाडौ, कास्की, लमजुङ, पर्वत आदि जिल्लाहरुबाट विद्यार्थी, अभिभाबक र शिक्षकहरुको उपस्थिति थियो ।