सि जि मिस नेवा सुरु

पोखरा, १७ माघ
नेवा खलःकास्कीको सिजी मिस नेवाः ११३८ सुरु भएको छ । मगंलबार प्रतियोगि बिच परिचय र पहिलो राउण्डको अडिसन भएको हो ।
प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन । आयोजक नेवा खल कास्कीले मगंलबार गरेको कार्यक्रमबाट मिस नेवाका लागि फारम भरेका मध्ये २६ जना अघिल्लो चरणमा प्रवेश गरे । उनीहरुलाइ सस्थाका अध्यक्ष अशोक पालिखेले शुभकामना दिए ।
नेपालमा नेवार समुदायको समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा उल्लेख्य योगदान छ । प्रतियोगितामा सहभागीहरुको व्यक्तित्व विकास गर्न र पोखरालाई चिनाउनसमेत ध्यान दिनेछन ।
मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट टयालेन्ट अवार्ड ५ हजार, बेस्ट पर्सनालिटी ५ हजार, बेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने छन् ।
उत्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठ, महासचिव आनन्द श्रेष्ठ, सहसंयोजक विमल श्रेष्ठ, प्रचार प्रसार सयोजक अनिशा श्रेष्ठ , मिस नेवा ११३७ अंशु शाक्य नेवा मिसा पुच कास्की का अध्यक्ष शान्ती उदास ल्याम्ह पुचका अध्यक्ष राम कुमार रजत लगायतले बोलेका थिए ।
नेपाल संवत् ११३१ देखि बर्षेनी हुँदै आएको यो प्रतियोगिताको आठौं संस्करणको माघ १८ गतेबाट प्रशिक्षण सुरु हुनेछ प्रतियोगिताको फाइनल चैत ३ गते पोखरा सभागृहमा हुनेछ ।

You might also like

Comments are closed.