सीको स्वागतका लागि आतुर छन् काठमाडौंका सडक

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको राष्ट्रपतिस्तरीय भ्रमणका लागि काठमाडौँमा धुमधामका साथ तयारी गरिँदैछ ।

राष्ट्रपति सी हिँड्ने बाटो कालोपत्र गरिनुका साथै सडकका छेउछाउमा बिरुवा रोप्नेदेखि पोष्टर टाँस्ने र रङ लगाउनेसम्मका कामहरु भइरहेका छन् ।

विभिन्न स्थानमा राष्ट्रपति सीको स्वागतका लागि स्वागतद्वार निर्माण गरिएका छन् भने राष्ट्रपति विद्यादेवि भण्डारी र राष्ट्रपति सीका पोष्टरहरु टाँसिएका छन् ।

जताततै यस्ता दृश्य र काठमाडौंको उपयुक्त मौसमका कारण पनि सडक निकै सुन्दर देखिएका छन् ।

You might also like

Comments are closed.