सीतल नगरका महिलालाई लक्षित गरी पोते बुन्ने तालिम

पोखरा । सीतल नगर आमा समूह र लायन्स क्लब अफ पोखरा वाराही टाउनको संयुक्त आयोजनामा पोते बुन्ने तालिम सम्पन्न भएकोछ । समूहमा आबद्ध महिलाहरुका लागि एक सातासम्म तालिम सञ्चालन गरिएको समूहका अध्यक्ष गंगा शर्मा केसीले जानकारी दिइन् ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सिपमुलक तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य यसोदा भट्टराई, वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ रोजी, प्रमुख प्रशिक्षक मेनुका श्रेष्ठ लगायतले बोलेका थिए ।

समूहका अध्यक्ष गंगा शर्मा केसीको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कमला गिरीले र सञ्चालन सचिव कविता कार्कीले गरेकी थिइन् । रविना ठकुरी र नमिता थापाको संयोजकत्वमा कार्यक्रम भएको हो । समूहले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको कोषाध्यक्ष सुशीला बानियाँले जानकारी दिइन् ।

You might also like

Comments are closed.