सीमा अतिक्रमण र एमसीसी सम्झौताको बिरोधमा पोखरामा प्रदर्शन

 

पोखरा ।

सीमा अतिक्रमण र अमेरिकासँग गर्न लागिएको एमसीसी सम्झौताको बिरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ । सामाजिक सञ्जाल फेसबुक लगायतमा जोडिएका युवाहरुको समूहले प्रविधिको प्रयोग गरेर सीमा अतिक्रमण र एमसीसीको विरोध गरेका हुन् । ‘क्लेम दी वोर्डर‘ नाम दिएर साँझ गरिएको कार्यक्रममा ड्रोनले नेपालको राष्ट्रिय झण्डा फहराउँदै सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध गर्दा रोबोट विरोध प्रदर्शन गर्ने जुलुशमा सरिक भयो ।

युवाहरुलाई आफ्नो देशको राष्ट्रियता र मातृभूमिप्रति जागरुक गराउन कार्यक्रम गरिएको ‘क्लेम दी वोर्डर’ अभियानले जनाएको छ । राष्ट्रिय महत्वको विषयमा विगतमा धेरै गल्ती हुँदा सीमा अतिक्रमण र हस्तक्षेप बढेकाले आगामी दिनमा त्यस्तो नदोहोरियोस् भनेर चेतावनी स्वरुप आफूहरुले कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक गोविन्द  आचार्यले बताए ।

यसअघी मंगलबार चितवनको हाकिम चोकमासमेत यस्तो कार्यक्रम गरिसकिएको ‘क्लेम दी वोर्डर‘ अभियानले जनाएको छ ।

You might also like

Comments are closed.