सुचना पाउने हक सबैलाई छ ः प्रमुख सूचना आयुक्त बास्कोटा

तनहुँ , २९ माघ
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले सुचना माग्ने र पाउने हक सबैलाई भएको बताएका छन् । प्रत्येक व्यक्तिले सार्वजनिक महत्व र आफुसँग सरोकार राख्ने विषयको सुचना सहज रुपमा पाउनुपर्ने उनले जोड दिए । मंगलबार दमौलीमा पत्रकार भेटघाटका क्रममा बास्कोटाले सूचनाको हक मौलिक हक भएकाले हरेक नागरिकले आफूले मागेको सूचना तत्कालै पाउनुपर्नेमा बताए ।

साथै नागरिकलाई एकाति सूचना दिने कुरा संविधानले गरेको भए पनि अर्काेतिर गोप्य सूचना दिन वाध्य नहुने कुरा उल्लेख गरेर नागरिकको सूचनाको अधिकारप्रति दुविधाको स्थिती सिर्जना गरेको गुनासो समेत गरे ।  सञ्चारमाध्यमले जनता र सरकार बिच सेतुको काम गरेको चर्चा गर्दै बास्कोटाले सत्य र तथ्यपरक सुचना प्रवाह गर्न पत्रकारहरुलाई आग्रह गरे ।

मुलुकमा संघीयता लागु भइसकेको अवस्थामा ७ वटै प्रदेशमा प्रादेशिक सूचना आयोग गठन हुनुपर्ने बताए । प्रदेशमा सूचना आयोगको व्यवस्था गरिए मात्र सूचनामा आमनागरिकको सहज पहुँच हुने उनको धारण थियो ।  बास्कोटाले आजै जिल्ला प्रशासन कार्यालय तनहुँले आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन एवं सुशासन प्रवर्द्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा र व्यास नगरपालिकाका कर्मचारीहरुसँग समेत सुचनाको हक सम्बन्धमा अन्रक्रिया गरेका थिए ।
सार्वजनिक निकायले नागरिकलाई सूचना दिना ढिलाई गरेमा कारबाहीको भागी हुनुपर्ने समेत बताए । सूचना नदिएको खण्डमा रु २५ हजारसम्म जरिवाना, दैनिक रु २०० जरिवाना, विभागीय कारवाही र अटेरीबापत रु १० हजार थप जरिवाना गर्न सकिने कानूनी प्रावधान रहेको पनि उनले जानकारी दिए ।

You might also like

Comments are closed.