सुजुकीको दशैं अफर : ५ लाखसम्म छुट

आर्थिक आवाज
पोखरा, २० असोज । नेपालीको महान चाँड दशैं र तिहारको अवसरमा सुजुकी गाडीले ५ लाख रुपैयाँसम्म छुट दिइरहेको छ । सुजुकीले दशैं तिहारको अवसरमा ग्राहकलाई न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म छुट दिइरहेको कम्पनीका एसिस्टेन्ट म्यानेजर नवराज अधिकारीले जानकारी दिए ।

गाडीको मोडल र मूल्य अनुसार छुटपनि फरक÷फरक हुने उनले बताए । सुजुकीको गाडी किन्दा स्क्र्याच कुपनको सुविधा पनि छ । गाडी किन्दा ग्राहकलाई स्क्र्याच कुपन दिइने र यो कुपनमा तत्काल १ लाख रुपैयाँसम्म छुट मिल्ने कम्पनीका एसिस्टेन्ट म्यानेजर अधिकारीले बताए ।

सुजुकीको एक्सचेञ्ज अफर पनि जारी छ । पुराना गाडी लगेर नयाँसँग साट्न पाउने एक्सचेञ्ज अफर अन्तर्गत पनि गाडीको मूल्यमा डाइरेक्ट १ लाख रुपैयाँ छुट दिइदै आएको उनले जानकारी गराए । भदौ २६ गतेदेखि शुरु भएको यो एक्सचेञ्ज अफर तिहारसम्म जारी रहने छ ।

सुजुकीको १० लाख ८० हजारको ओम्नी कार्गोदेिख ४२ लाख ३० हजार रुपैयाँसम्मको ब्रिजा गाडी बजारमा लोकप्रिय छन् ।

You might also like

Comments are closed.