सुजुकीको पर्वोत्सव योजना, नगदसहित अन्य छुट

पोखरा । सुजुकी गाडीको पर्वोत्सव योजना सार्वजनिक भएको छ । महानपर्व दशैं तिहार लगायतका चाडलाई लक्षित गरी काठमाडौंमा आयोजित नाडा अटो शोको अवसरमा उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो अफर पोखरासहित देशभरका शोरुममा लागु हुनेछ ।

अफर दसैं तिहारसम्म लागु हुने सुजुकीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिका प्रवन्धक नवराज अधिकारीले जानकारी दिए । यो अफर अन्तर्गत सुजुकी सबै गाडीहरुमा २ लाख रुपैयाँसम्मको नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत अधिकतम १ लाख रुपैयाँसम्मको थप छुट तथा १ वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.