सुजुकीको स्विफ्टको एक्सचेञ्ज

पोखरा, १६ साउन । मारुती सुजुकी व्राण्डको गाडी स्विफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको एक्सचेञ्जको मंगलबार अन्तिम दिनसम्म ७ वटा स्विफ्ट गाडी बिक्री भएको छ । ६ वटा वुकिङ भएको कम्पनीले जनाएको छ ।

सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालिले साउन १३ देखि १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो । एक्सचेञ्जमा ११.९९ प्रतिशत व्याजदर, पुरानो गाडीको उचित मुल्याङ्कन तथा ४० हजार एक्सचेञ्ज वोनस प्रदान गरिएको वतास व्रदर्श मारुती सुजुकी डिपार्टका विक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।

‘साउन महिनालाई मोडल अफ दी मन्थको रुपमा लिएर लोकप्रिय मोडल स्विफ्टको आक्रामक बजार बिस्तार गर्ने उद्देश्य हाम्रो हो,’ अधिकारीले भने, ‘एक्सचेञ्ज कार्यक्रमबाट हामी उत्साहित भयौं । ग्राहकले स्विफ्टप्रति राम्रो रेस्पोन्स गर्नुभयो । व्राण्ड प्रवद्र्धन गर्ने यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिन्छौं ।’ सुजुकीको नेपालको आधिकारिक विक्रेता सिजी मोटोकर्पले देशभर एकै साथ एक्सचेञ्ज कार्यक्रम संचालन गरेको थियो ।

You might also like

Comments are closed.