पोखरा, २ चैत । मारुती सुजुकीको सेलेरियो एक्स पोखरा भित्रिएको छ । सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले बिहिबारवाट उक्त कार बिक्री सुरु भएको जनाएको छ । सेलेरियो एक्स स्पोर्टस्मा एरोडाइनामिक, अगाडिको भाग एक्स थिममा रहेको र दायाँ वाया तथा पछाडि बम्पर स्किड प्लेटमा भएकोले सुरक्षाको हिसावले पनि गाडी उत्कृष्ट रहेको कम्पनीको दावी छ ।
बिक्री सुरुवात गरिएको पहिलो दिनमानै ३ वटा गाडी बिक्री भएको र २ वटा बुकिङ भएको छ । ‘सेलेरियो पूर्णत पारिवारिक कार हो । यो सुजुकीका मोडलहरु अधिकांशको रोजाई छन्,’ बतास व्रदर्शका प्रमुख अपरेटिङ अफिसर (सिओओ) राजेश रानाभाटले भने ‘अन्य मोडल जस्तै एक्स क्रस पनि गण्डकी धौलागिरी क्षेत्रका ग्राहकको पहिलो रोजाईमा पर्ने विश्वास लिएका छौं ।’
यसमा ड्युल एयर ब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, ड्राइभरको साइडमा सिट वेल्ट रिमाइन्डर, ड्राइभरको सिटको उचाई घटवढ लगायतका विशेषता रहेको मार्केटिङ अफिसर नवराज अधिकारीले बताए । एक्स क्रस सुन्तलाको सिग्नेचर लगायत विभिन्न ४ वटा रङहरुमा उपलव्ध छ ।
एक्स क्रसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसले २३.१ किमी प्रति लिटर माइलेज दिने दावी गरिएको छ ।