सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलाको मूल्य एक लाख नजिक

काठमाडौं । सुनको मूल्यमा दिनदिनै नयाँ रेडर्क कायम भएको छ । सोमबार एकैदिन सुनको मूल्यमा प्रतितोला १ हजार २ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम थियो । तेजावी सुन ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

You might also like

Comments are closed.