सुनको मूल्यमा सामान्य वृद्धि

 

काठमाडौं ।आइतबार प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार सय रुपैयाँ पुगेके छ । चाँदीको मूल्य प्रतितोला
१ हजार ३ सय ६५ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.