काठमाडौं ।
पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । शुक्रबार सुनको मूल्य बढेकोे छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको होे ।
बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँ बढेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ ।
शुक्रबार चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९५रुपैयाँ कायम भएको छ ।
Comments are closed.