सुनचाँदी व्यवसायीद्धारा प्रहरीलाई साइकल प्रदान

पुस ३,तनहुँ।
सुनचाँदी व्यवसायी संघले तनहुँ प्रहरीलाई साईकल प्रदान गरेको छ । समुदाय – प्रहरी साझेदारीता कार्यक्रम अन्तर्गत सदरमुकाम दमौली बजार क्षेत्रमा सुुरक्षा गस्तीका लागि सुनचाँदी व्यवसायीले प्रहरीलाई ४ थान साइकल प्रदान गरेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार बिकले साइकलहरु जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम शाहलाई हस्तान्तरण गरे । व्यवसायबाट आर्जित मुनाफाको केही रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले सुनचाँदी व्यवसायीले बजार क्षेत्रमा प्रहरी गस्तीका लागि साइकल सहयोग गरेको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनारले बताए ।

बजार क्षेत्रको गस्तीका लागि साइकल प्रहरी सहज माध्यम बन्ने प्रहरी प्रमुख शाहले बताए । समुदाय–प्रहरीबिच साँझेदारी भए मात्र अपराध न्यूनीकरण सम्भव छ उनको भनाई छ । शंकास्पद अवस्था देखिए व्यवसायीले प्रहरीलाई जानकारी गराउनु पनि व्यवसायीको दायित्व भएको उनको भनाइ थियो ।

संघले २५ हजार रुपैयाको लागतमा ४ साइकल प्रहरीलाई प्रदान गरेको हो ।

You might also like

Comments are closed.